केहि लोकप्रिय कार्टुन - ramansansar.com

ramansansar.com

Connected to your community...

Breaking News

st

Monday, August 20, 2018

केहि लोकप्रिय कार्टुन






नेपाल तथा भारतमा मोटु–पतलुजस्तै अन्य विभिन्न कार्टुनसमेत लोकप्रिय छन् । कार्टुन बालबालिकाका लागि निर्माण गरिएका भए पनि कतिपय कार्टुन अन्य उमेर समूहका मानिसहरूले पनि उत्तिकै रुचाउँछन् ।

टम एन्ड जेरी
धेरै वर्षदेखि बालबालिकाले मन पराएको टम एन्ड जेरी एउटा कमेडी कार्टुन शो हो । यो कार्टुन शो अन्य उमेरका व्यक्तिहरूले पनि निकै मन पराएका छन् । यसमा एउटा क्रुर र मुर्ख बिरालो टम र धेरै चलाख तथा बुद्धिमान मुसा जेरीबीच सधैं रमाइलो क्रियाकलाप भैरहन्छ । यो श्रृंखलाले जीवन र जीवनलाई खुसी राख्न अपनाउनुपर्ने बाटोलाई प्रतिविम्बित गर्छ ।

डोरेमन
डोरेमन एउटा रोबोट बिरालो हो र यो श्रृंखलाको सबै कथा डोरेमनमै केन्द्रित छ । यो बिरालो एउटा सानो बालकलाई सहयोग गर्न आएको हुन्छ । यसमा जहिले पनि हल्का मुड, हास्यप्रधान विषयवस्तु प्रस्तुत गरिन्छ र यसले सधैं धैर्यवान्, मायालु र नम्र हुनुपर्छ भन्ने सन्देश दिन्छ ।
मिस्टर बिन : द एनिमेटेड सिरिज
मिस्टर बिनको वास्तविक नाम धेरैलाई थाहा छैन, तर पनि उनी बालबालिकाबीच मात्र नभएर सबै उमेरका व्यक्तिहरूबीच लोकप्रिय छन् । मिस्टन बिनको एउटा टिभी सिरिज र अर्को एनिमेटेड सिरिज छ । यो नेपालमा मात्र नभएर विश्वभर लोकप्रिय छ । मिस्टर बिनले कुनै सम्वाद नै नबोलीसबैलाई हँसाउने भएकाले यो श्रृंखला अरूभन्दा फरक शैलीको छ ।
बेन टेन
बेन दश वर्षीय बालक हो । उसँग ओम्निट्रिक्स नामक म्याजिक वाच अर्थात घडी हुन्छ । उक्त म्याजिक वाच दश प्रकारका एलियनमा परिवर्तन हुन्छ । यो श्रृंखला बेनले पृथ्वीलाई एलियनहरूबाट जोगाउन गरेका विभिन्न प्रयासमा केन्द्रित छ । 
मिक्की माउस 
विश्वमै सर्वाधिक लोकप्रिय एनिमेटेड मुभिज कम्पनी वाल्ट डिज्नेले मिक्की माउस क्यारेक्टरलाई जन्माएको हो । सन् १९९० को दशकमा डिज्ने हाउसको क्यारेक्टर पनि निकै लोकप्रिय थियो । मिक्की माउसमा मुख्य क्यारेक्टर मिक्की छ भने अन्य पात्रमा मिनी, डोनाल्ड डक, गुफी, प्लुटो आदि छन् । हिन्दी फम्र्याटमा मिक्कीको स्वर निकै नम्र छ ।

निन्जा ह्याटोरी
मोटु अबिकोको क्रिएसनमा बनेको निन्जा ह्याटोरीको टिभी शो मात्र नभएर एनिमेटेड सिरिज, भिडियो गेम तथा चलचित्र समेत बनेका छन् । यो एसियाका धेरै देशको सर्वाधिक लोकप्रिय टिभी शो हो । निन्जा भारत र जापानले मिलेर बनाएको एनिमेसन सिरिज हो । 
च्याप्लिन
चार्ली च्याप्लिनका बारेमा नसुन्ने मानिस कमै होलान् । फरक खालको जुँगा र कालो ह्याटमा सजिएका च्याप्लिनलाई देख्दा नै मानिसहरू हाँस्छन् । चार्लीले प्रत्येक दिन गर्ने विभिन्न क्रियाकलाप हास्यपूर्ण हुन्छन् । 
छोटा भीम
छोटा भीम इन्डियन एनिमेटेड कमेडी एड्भेन्चर सिरिज हो । सन् २००८ मा पहिलो पटक पोगो टिभीमार्फत सार्वजनिक गरिएको यो सिरिजमा भीम नामक बालक र उसका साथीहरूले ढोलकपुर सहरको यात्रा गर्दाको रोचक यात्रालाई प्रस्तुत गरिएको छ । भीम र उसका साथीहरूले ढोलकपुरका राजा इन्द्र बर्मालाई बचाउन शत्रुहरूसँग लडाइँ गरेका थिए । उनीहरूले कहिलेकाहीं अन्य देशलाई समेत सहयोग गर्छन् । 
पकडम पकडाल
पछिल्लो समयमा लोकप्रिय भैरहेको पकडम पकडाल एउटा कमेडी कार्टुन शो हो । यसमा भएका कलाकार तथा उनीहरूको डाइलग बलिउड चलचित्रको जस्तो छ । त्यसैले पनि बालबालिकाले यसलाई मन पराएका हुन् । यसमा एउटा सोझो कुकुर र तीनवटा मुसाबीचको कथा प्रस्तुत गरिन्छ । 
टेलस्पिन
सन् १९९० को दशकमा लोकप्रिय अर्को कार्टुन हो– टेलस्पिन । यसमा मुख्य पात्रका रूपमा बेलुन हुन्छ । बेलुन र उसका साथीहरू जहिले पनि एड्भेन्चरस कार्य गर्न मन पराउँछन्, तर जहिले पनि आफ्नो प्लेन ल्यान्ड गर्दा दुर्घटना गराउँछन् । यसमा शेर खान र उसका साथीहरूले नकारात्मक भूमिका निर्वाह गरेका छन् । 
जंगल बुक
जंगल बुक अर्थात् मुग्ली पनि सन् १९९० को दशकमा निकै लोकप्रिय थियो । यसमा भएको जंगल जंगल बात चली है पता चला हैं गीत अहिले पनि धेरैले गाएको सुनिन्छ । यसमा सानैमा आफ्ना बावुआमा गुमाएर जंगलमै हुर्किएको बालकको कथा समेटिएको छ । उसलाई जंगलमा ब्वाँसो प्रजातिका जनावरले हेरचाह गर्छन् । त्यसैगरी भालु, सर्प, बाँदर आदिले पनि मुग्लीलाई सहयोग गर्छन् । यो श्रृंखलामा पनि शेर खानले नकारात्मक 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here