गर्मी मौसममा छालामा देखिने समस्या - ramansansar.com

ramansansar.com

Connected to your community...

Breaking News

st

Monday, August 20, 2018

गर्मी मौसममा छालामा देखिने समस्या

गर्मी मौसम सुरु भएसँगै छालामा विभिन्न समस्या देखा पर्छन् । घामले गर्दा छालामा चायाँ–पोतो, एलर्जी एवं डन्डिफोरजस्ता समस्या देखिन्छन् । गर्मी मौसममा घामको किरणको प्रभावका कारण शरीरमा अक्सिडेटिभ स्ट्रेसको मात्रा बढ्छ । घामका कारण छाला डढ्छ । छालामा एजिङ (जर) देखिने सम्भावना बढ्छ । यसैगरी गर्मी मौसममा पहिले नै चायाँ–पोतो भएकाहरूको चायाँ–पोतो अझ वृद्धि हुन्छ । घामका कारण छालाको रंग परिवर्तन हुन्छ । यसले गर्दा छाला डढ्छ । छालामा एजिङ (जर) देखिने सम्भावनासमेत हुन्छ । घामका कारण तथा बढ्दो तापक्रमले गर्दा पसिना आउँछ । यसले गर्दा पनि एजिङ देखिन्छ । गर्मी धेरै हुने भएकाले स्ट्ेरस बढ्छ ।समस्यायो मौसममा गर्मी तथा तापक्रमका कारण पसिना धेरै आउँछ । फलस्वरूप पसिना गुम्सिने ठाउँ जस्तो काखी, औंलाको काप तथा अन्य भागमा दादको समस्या देखिन सक्छ । खेतीपातीका क्रममा हिलोसँग सम्पर्क हुँदा औंलाको काप खाने समस्या हुन्छ । यो पनि एक किसिमको दाद नै हो । प्राय: यो समस्या तराईमा धेरै देखिन्छ । त्यसैले गर्मी मौसममा काप सुख्खा राख्नुपर्छ । यसका लागि एन्टिफंगल पाउडर प्रयोग गर्नुपर्छ । कटनको भित्री वस्त्र प्रयोग गर्नुपर्छ । आ–आफ्नो व्यक्तिगत रुमाल मात्र प्रयोग गर्नुपर्छ । सम्भव भएसम्म एन्टिफंगल साबुन प्रयोग गर्नुपर्छ । प्रयोग गरेको रुमाल तथा भित्री वस्त्र घाममा सुकाउनुपर्छ । दाद देखिए चिकित्सकलाई देखाएर औषधि प्रयोग गर्नुपर्छ ।गर्मी मौसम तथा वर्षामा लामखुट्टे तथा अन्य कीराले टोक्छन् । यसलाई इन्सेक्टिबाइट हाइपर सेन्सिटिभिटी भनिन्छ । यसो हुँदा स–साना बिमिरा आउनुका साथै चिलाउँछ पनि । प्राय: यो समस्या बालबालिकामा देखिन्छ । त्यसैले लामो बाहुला भएका कटनका पहिरन लगाउनुपर्छ भने अनिवार्य रूपमा झुल प्रयोग गर्नुपर्छ । घाँटी, हात तथा अन्य खुल्ला भागमा रेपिलेन्ट क्रिम प्रयोग गर्दा पनि यस्ता समस्याबाट जोगिन सकिन्छ ।यो मौसममा पसिना धेरै आउँछ । जसले गर्दा हाइपर हाइड्रोसिस भएका बिरामीहरूको दिनचर्यामै असर गर्न सक्छ । यस्तो हुँदा छालामा औषधिजन्य साबुन तथा एल्युमिनियम क्लोराइडयुक्त डियोडरेन्ट प्रयोग गरे समस्या अलि कम हुन्छ ।पसिना धेरै बग्ने भएकाले शरीरमा पानीको मात्रा कम भै छाला सुख्खा भएर चिलाउन सक्छ । चर्को घाम लागेका बेला बाहिर निस्कदा छाला डढ्न सक्छ । यसरी डढेको छाला चिलाउने, सुख्खा हुने तथा फुस्रो हुने समस्या देखापर्छ । कपडाले नछोप्ने शरीरका विभिन्न भागमा डढेको प्रस्ट देखिन्छ ।अहिले घामका कारण छालामा एक्टिनिक केराटोसिस पनि देखिन थालेको छ । यो सामान्यतया अनुहार, ओठ, कान, काँध एवं हातमा हुन सक्छ । यो रातो दाग–धब्बा स्वरूपमा हुन्छ ।गर्मी मौसममा बढी गर्मी तथा चर्को घामका कारण छाला चिलाउनुका साथै रातो दाग तथा बिमिरा देखा पर्छन् । यस्ता दाग लामो समय घाममा बस्दा देखिन सक्छन् । यो समस्या देखिएका बेला बिरामीहरूले घामका कारण भएको भनेर सनस्क्रिन लगाउँदा समस्या अझ बल्झन सक्छ । त्यसैले डर्मेटोलोजिस्टको सल्लाह लिनु उपयुक्त हुन्छ ।गर्मी मौसममा धेरैजसो मानिस स्वीमिङमा रमाउँछन् । स्वीमिङ पुलको पानीमा क्लोरिलन हुने भएकाले स्वीमिङ गर्दा पनि खुल्ला भागको छाला घामले डढ्छ ।यसैगरी गर्मीमा आँप तथा अन्य फलफूल खाँदा ओठ वरिपरि रातो चिलाउने बिमिरा आउन सक्छ । त्यस्ता फलफूलमा रसायन प्रयोग गरिएको हुन्छ ।सीधा घामको असर (एक्सपोजर) पर्ने ठाउँमा पनि स्किन क्यान्सरको सम्भावना हुन्छ । नेपालमा भने यो कमै छ ।जोगिने उपाययुभिए तथा युभिबी प्रोटेक्टिभ क्रिम लगाउनुपर्छ ।बिहान ८ बजे, १२ बजे, ३ बजे तथा बेलुकी ५–६ बजेतिर अर्थात् ४ पटक सनस्किन क्रिम लगाउनु उपयुक्त हुन्छ । एक्ने भएकाहरूको समस्या अझ बढ्न सक्ने भएकाले स्क्रबयुक्त फेसवास प्रयोग गर्नुपर्छ । अन्यले भने सामान्य फेसवास प्रयोग गर्न सक्छन् । पिएचयुक्त साबुन प्रयोग गर्नुपर्छ ।औषधियुक्त तथा हरियो रंगको साबुन प्रयोग गर्नुहुँदैन । यसले छाला सुख्खा बनाउँछ फलस्वरूप एलर्जीको समस्या अझ बढ्ने सम्भावना हुन्छ ।सुख्खा छाला हुनेहरूले लोसनयुक्त तथा चिल्लो छाला हुने तथा डन्डिफोरको समस्या भएकाहरूले एक्वा जेल (जेलयुक्त) क्रिम लगाउनुपर्छ ।फलफूल खाँदा केहीबेर पानीमा डुबाएर मात्र खानुपर्छ । यसो गर्दा त्यसमा भएको रसायन केही हदसम्म कम हुन्छ ।स्वीमिङ गर्नुअघि तथा गरिसकेपछि सनस्किन क्रिम लगाउनुपर्छ जसले छालामा कम असर पर्छ ।पसिना धेरै बग्ने भएकाले पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।छालाको एलर्जी भए चिकित्सकको सल्लाह लिनुपर्छ ।यो मौसममा कीरा तथा लामखुट्टेको टोकाइबाट जोगिन रेपिलेन्ट क्रिम लगाउनुपर्छ ।कटनका खुल्ला पहिरन प्रयोग गर्नुपर्छ । पूरा बाहुला भएका पहिरन लगाउनुपर्छ । अनिवार्य झुल प्रयोग गर्नुपर्छ ।घरका कोठा, घर तथा वरपर सफा राख्नुपर्छ । घर वरिपरि पानी जम्ने फोहोर भए पुरिदिनुपर्छ ।त्यसबाहेक घाममा हिँड्दा छाता, क्याप, ह्याट तथा मास्क प्रयोग गरेर पनि घामको असरबाट जोगिन सकिन्छ । 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here