फेसनमा हावी म्याक्सी ड्रेस - ramansansar.com

ramansansar.com

Connected to your community...

Breaking News

st

Monday, August 20, 2018

फेसनमा हावी म्याक्सी ड्रेस

अअिहिलेको पुस्ता आफूलाई सुहाउने, स्मार्ट देखिने र केही युनिक लुक्स पनि होस् भन्ने पहिरनको चाहना राख्छ । त्यसैले पहिले जस्तो सीमित पहिरनहरू मात्र फेसनमा भित्रिएका हुँदैनन् । क्याजुअल, ट्रेडिसनल, सेमी फर्मल, फर्मल आदिमा पनि धेरै डिजाइन, फेब्रिकहरू बजारमा भित्रिन्छन् र सोहीअनुसार फेसन ट्रेन्ड बनाउने चलन पनि चल्दैछ । यसपटक फेसनमा भित्रिएका थुप्रै डिजाइनमा म्याक्सी स्टाइलका ड्रेस पनि एक हो ।म्याक्सी ड्रेसलाई इन्फर्मल ड्रेसका रूपमा लिइन्छ । म्याक्सी ड्रेस भन्नाले एंकल लेन्थ तथा फ्लोर लेन्थसम्मको फ्लो भएको वा फ्ेलयर भएको ड्रेस भन्ने बुझिन्छ । अर्काे शब्दमा म्याक्सी ड्रेसलाई भ्याकेसन ड्रेस पनि भनिन्छ । समरका लागि एकदमै उपयुक्त यो ड्रेस कटन, सिफन, जर्जेट, रेयन कटनमा धेरै प्रकारका नेक डिजाइन गरेर लगाउन सकिन्छ । लगाउँदा सजिलो र हल्का हुने भएकाले भ्याकेसनमा जाँदा लगाउँदा सजिलो तथा आरामदायक महसुस हुन्छ, तर यो ड्रेस भ्याकेसन ड्रेसमा मात्र सीमित भने पक्कै छैन ।यो ड्रेस फ्लोरल प्रिन्ट र कलरफुल प्याट्रनमा राम्रो देखिन्छ । स्ट्रिप्स, हल्टर वा वाइड स्ट्राइप राखेर लगाउँदा राम्रो देखिन्छ । यसको माथि आउटर पनि लगाउन सकिन्छ । म्याक्सी ड्रेस टिनएज, विवाहित तथा प्लस साइजका लागि समेत डिजाइन गरी लगाउन सकिन्छ । यसमा सजिलो र आकर्षक देखिन्छ । धेरै ठूलो प्रिन्ट भएका फेब्रिकहरू छान्नु हुँदैन । यसले चिप लुक्स दिन्छ । स्मल एण्ड बोल्ड प्रिन्ट फेब्रिक छान्नुपर्छ जसले व्यक्तित्वमा निखारपन ल्याउँछ ।म्याक्सी ड्रेस छोटो गर्दा राम्रो देखिँदैन र फ्लोरमा लत्रने गरी लगाउँदा पनि राम्रो हुँदैन । परफेक्ट लेन्थ भन्नाले हिल हल्का देखिने र अगाडिको औंला पनि देखिनुपर्छ । यो ड्रेसलाई मोडिफाइ गरी लङ कुर्ताका रूपमा पनि लगाउन सकिन्छ । म्याचिङ लेगिन्स, जिन्स वा एंकल लेन्थको पाइन्टसँग पनि राम्रो देखिन्छ । अहिले नेपालमा यो ड्रेसको माग बढ्दो छ । मल्टिप्रपोज प्रयोग गरेर लगाउन पनि सकिन्छ । जस्तै माथिको मात्र लगाउँदा ड्रेसको लुक्स आउँछ भने चुँडीदार सुरुवाल, लेगिन्स वा पाइन्टसँग लगाउँदा फर्मल लुक्स आउँछ । लगाउन सजिलो, स्लिम र टेलर लुक्स आउने हुनाले अहिले यो ड्रेसलाई रिच लुक्स आउने फेब्रिकमा डिजाइन गरी पार्टी वेयरका रूपमा पनि लगाउन थालिएको छ ।फेब्रिक छान्दा मोटी महिलाले नन फ्ल्यासी (नटल्कने) फेब्रिक छान्नुपर्छ । जसको बेस कलर डार्क र प्रिन्ट सानो छान्नुपर्छ । यति मात्र ध्यान दिँदा पनि सजिलैसँग स्लिम लुक आउँछ । यो ड्रेस बडीको बनावटअनुसार डिजाइन गर्नुपर्छ किनभने यो लुगा लामो हुने भएकाले सबै खाले डिजाइन सबैलाई सुहाउँदैन । यो ड्रेसमा वेस्ट लाइन डिजाइन भएको हुनुपर्छ, अन्यथा नसुहाउँदो लुक पनि देखिन सक्छ ।म्याक्सी ड्रेसलाई स्टाइलिस्ट ड्रेस पनि भन्न सकिन्छ । यो समर ड्रेस भएकाले यसमा म्याचिङ एसेसरिज झुम्का, जुत्ता, बेल्ट आदि पनि लगाएर स्टाइलिस्ट देखिन सकिन्छ । म्याक्सी ड्रेसमा बेल्ट लगाउँदा फंकी ब्याङ्गल्स, इयरिङ, चप्पलका साथमा लगाउँदा सुपर कुल लुक्स देखिन्छ भने हाई हिलसँग लगाएर डिजाइनर पर्स बोक्दा सेमी फर्मल लुक्स आउँछ ।यस्ता पहिरनका लागि आँखाले हेर्दा शीतलता प्रदान गर्ने कुल कलर छान्नुपर्छ । अहिले फेसनमा रहेका कलरहरूमा सी ग्रिन, लाइट ग्रिन, लाइट पिच, ओलिभ ग्रिन, लाइट पिंक आदि हुन् ।टिप्स : हामीले लगाउने पहिरन हाम्रो व्यक्तित्व झल्काउने प्रमुख माध्यम पनि हो । त्यसैले पहिरन छनोट गर्दा फेसन एण्ड फलो मात्र गरेर हुँदैन आफ्नो उमेर, अवसर, शारीरिक बनावट सबै हेरेर छनोट गर्नुपर्छ । जसले गर्दा लगाउने व्यक्तिलाई सजिलो महसुस हुन्छ र आकर्षक पनि देखिन्छ । कुनै पनि पहिरन लगाउँदा मिलाएर लगाउने, सही र आफ्नो बडीअनुसारको अन्डर गार्मेन्ट लगाउनुपर्छ । यसले बडी सेप राम्रो देखिन्छ । कसैले देख्ने होइन भनेर जे पायो त्यही अन्डर गार्मेन्ट लगाउँदा जस्तो सुकै डिजाइनर पहिरन पनि भद्दा देखिन सक्छ ।                                        

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here