लोक संस्कृतिको संरक्षण गर्न जेँलामा बाँसुरी प्रशिक्षण सुरु - ramansansar.com

ramansansar.com

Connected to your community...

Breaking News

st

Thursday, August 4, 2022

लोक संस्कृतिको संरक्षण गर्न जेँलामा बाँसुरी प्रशिक्षण सुरु

 भक्तपुर । श्वेत भैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तीन महिने बाँसुरी बाजा प्रशिक्षणको उद्घाटन हिजो एक कार्यक्रमकाबीच सम्पन भयो । स्थानीय लोकबाजा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सुरु गरिएको उक्त प्रशिक्षणको उद्घाटन कार्यक्रममा स्थानीय वडाध्यक्ष कृष्णप्रसाद कोजूले परम्परागत लोकसंस्कृति संरक्षण गर्ने अभिाभारा युवायुवतीहरुको काँधमा आएको उल्लेख गर्नुभयो ।

भक्तपुर नगरपालिका वडा नं. ८ स्थित जेँलामा सुरु भएको उक्त तालिममा ७ वर्षका बालबालिकादेखि युवा युवतीलगायत नेपाल सरकार ईन्जिरियङ सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीसमते ३० जनाको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।  
संस्थाका अध्यक्ष रामप्रसाद खायमलीले परम्परागत बाद्यवादन प्रशिक्षण सञ्चालन गर्न अधिकांश सदस्यहरुको माग रहेकोले मागबमोजिम बाँसुरी बाजा प्रशिक्षण सञ्चालन गरेको उल्लेख गर्नुभयो ।
संस्थाका उपाध्यक्ष जितेन्द्र खायमलीले नयाँ पिंढीलाई कुलतमा फस्न बाट टाढै राख्न र सृजनात्मक गतिविधिलाई निरन्तरता दिदैँ जाने बताउनुभयो ।
यसअघि यस संस्थाले धाँ बाजा, बाँसुरी बाजा पनि सिकाइसकेको जानकारी दिदैँ आयोजक समितिका संयोजक विष्णुभक्त भैनात्वले स्थानीय लोकगीत र बाद्यवादनको संरक्षण र प्रर्बदन गर्ने उद्देश्यका साथ नयाँ पिँढीलाई लक्षित गरी बाँसुरी प्रशिक्षण कार्यक्रम राखिएको बताउनुभयो ।
तीन महिने बाँसरी प्रशिक्षणका संगीत गुरु रभिम कपालीलाई बाँसुरी बाजा हस्तान्तरण गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा रत्न खायमलीलगायतले बोल्नुभयो ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here