रमण बोहजु |
अहिले नेपाली युवा हजारौंको संख्यामा सनौलो सपना बुन्दै विदेशी भूमिमा रगत पसिना बगाइरहेका छन् । अदुरदर्शिताको बिल्ला झुण्ड्याउन सफल नेपाल सरकार ती युवाहरmलाई आफ्नो मातृभूमिको मातृवात्सल्यबाट जबरजस्ती छुत्याउन खोजिदँैछन् । म्यानपावर कम्पनी मानव तस्करी गर्ने विदेशी दलाल सावित भइसक्दा पनि झन् त्यस्ता कम्पनीको संख्या दिन दुगुणा रात चौगुणाका दरलै बढ्दैछ । अर्थमन्त्री रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानेकोमा मक्ख छन् ।
यी र यस्तै अभिव्यतिmको गुञ्जायस अहिले सर्वत्र महत्वका साथ हेरिरहेको छ । देश विकासमा महत्वपुर्ण योगदान दिने युवाहरु अहिले माथि उद्धृत परिस्थतिमा झैं विदेशिन खुट्टा उचालिरहेका छन् । यस्तो विषम् परिस्थितिमा अब हरेक व्यतिm, समाज र राष्ट्रले सोच्नुपर्ने समय आएको छ कि युवाहरुलाई विदेश पठाउँदैमा नेताहरुले भन्या जस्तो ‘नेपाललाई स्वीजरल्याण्ड बनाउने सपना के पुरा होला ?’ रेमिट्यान्सको भरमा हाम्रो अर्थतन्त्र कतिन्जेल लँगडो बन्नुपर्ने हो ? प्रश्न अनुत्तरित छ । हामीलाई थाहा छ, युवाशक्ति बिनाको मुलुक कल्पना गर्न सकिँदैन, युवा परिवर्तनका संवाहक हुन् । युवाशक्ति, युवा सृजनशिलताको तुलना पाउन सकिँदैन । विकासकर्मी हुन् युवा, सुन्दर सपनालाई यथार्थमा परिणत गर्ने माध्यम हुन् युवा ।
हरेक मुलुकको भविष्य युवाको काँधमा हुन्छ । युवावर्ग राज्यका श्रीसम्पति हो न कि यो व्यक्तिगत सम्पति मात्रै । त्यसैले यसलाई राष्ट्र हितमा उपयोग गर्नैपर्छ, विकास र निर्माणमा खर्चिनुपर्दछ, मरुभूमि पल्टाई हराभरा पार्ने अठोट युवामा हुनुपर्दछ अनि मात्र युवा हुनुले सार्थकता पाउँछ । अनि मात्र आफ्नो मृत्यु भई सक्दा पनि युगले प्रशंशा गाउँदछ । मानिस कसरी म¥यो भन्ने कुराले होइन बाँचुन्जे कसरी बाँच्यो भन्ने कुराले महत्व राख्दछ ।
देशलाई प्रगतितर्फ डो¥याउन एउटै मात्र आशालाग्दो समुह भनेकै युवा नै हो । तर बिडम्वना भनांै या नियति नेपालको जनसंख्याको ठुलो अशंका रुपमा रहेको युवा वर्गमा निहित सम्भावनाका नदी पानी जस्तै बिना उपयोग बगिरहेको छ । युवा सम्भावनालाई पहिचान गर्न नसक्नु उज्यालो कोठामा आँखा चिम्लेर अँध्यारोलाई अँगाल्नु जस्तै हो । चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पीको बिंडजस्तै भएको छ । अहिलेको नेपालमा युवाहरुको अवस्था । सहर बजारहरुमा बेरोजगार युवाको समुह आपराधिक ग्याङमा रुपान्तरित हुँंदैछन् । धेरैको संख्यामा विदेश पलायन भएका छन् ।
युवाहरु आफैंले यस विषयमा गम्भीर भएर सोच्नुपर्दछ कि राष्ट्रको लागि आवश्यक कुरा के हो ? राष्ट्रबाट के लिन सकिन्छ होइन के दिन सकिन्छ भनेर सोच्नुपर्दछ । युवाहरु भनेका भौतिक सुख–सुविधाको निम्ति मृग–मरिचिका पछाडि दौडी विदेशमा भाँडा माझेर बस्ने अवस्था होइन । हामीले म्याग्दी जिल्लाका महावीर पुनको आदर्शलाई स्वीकार्नु पर्छ जसले म्याग्दी जस्तो विकट गाउँमा जन्मिएर, अमेरिकामा उच्च शिक्षा हासिल गरी त्यहाँको चमक–दमकपूर्ण जीवनसँग नअल्मिलिई स्वदैशकै सेवामा समर्पित गरेका थिए । गरिब मुलुकको ठुलो धन राशी खर्च गरेर तयार भएका युवा आफ्नो जन्मभूमी चटक्कै छाडेर स्वदेशी माटोले दिएको रगत र पसिना विदेशी भूमिमा बगाउने आजको यो होड निश्चय नै राम्रो होइन । नेपालका युवाहरुले के पनि बुझनु आवश्यक छ भन्दाखेरि हामीले सपनाको देश मानेको अमेरिका, चीन, जापान, कोरिया आदि अरुले विकास गरिदिएको पक्कै होइन, आफ्नै देशका युवा पसिनाले विकास भएको हो ।
तसर्थ, नेपालको विकासमा प्रमुख नायक युवा नै बन्नुपर्छ । अर्काको माटोमा भन्दा आफ्नै देशमा आफ्नो युवाजोश, जाँगर, सिप र श्रम खर्चिनुपर्छ यसका लागि राज्यले अवसर र वातावरण बनाइ दिनुपर्छ त्यो वातावरण बनाउने काम पनि युवा स्वयम् कै हो ।
No comments:
Post a Comment