मेरो धरहरा आफै ढलेको होइन
संघर्षदेखि डराएर ढलेको पनि होइन
मेरो स्वाधीनताको धरोहर
आज ऊ भित्रका ज्यूँदा आत्माहरु
एकएक ढले ।
ढल्दो हो त उहिल्यैे
ढलिसकेको हुन्थ्यो
बारम्बार आउने
दक्षिणी आँधीहुरी र पराकम्पनले ।
मेरो धरहरा आज ढल्न त ढल्यो
तर आस्थाको बलियो जगमा
शिखर भएरै ढल्यो ।
झुक्नुभन्दा मर्नु बेश ठानेर
नयाँ पुस्तालाई युगौंदेखिको
सम्पदा सम्हाल्ने जिम्मेवारी सुम्पदैँ
ऊ शानले ढल्यो ।
नयाँ सोचका, नयाँ मान्छेहरु
आफूलाई सम्हालौं
नव जीवनको लय समातौं
स्वाभीमान, स्वाधीनताको धरोहर
अझै उँचो राख्न
हाम्रो धरहरा हामी आफै बनाऔंं
हाम्रो धरहरा
पौरखमा जन्मिनेछन्
गौरवले हुर्किनेछन्
स्वाभीमानले ठडिनेछन् ।
संघर्षदेखि डराएर ढलेको पनि होइन
मेरो स्वाधीनताको धरोहर
आज ऊ भित्रका ज्यूँदा आत्माहरु
एकएक ढले ।
ढल्दो हो त उहिल्यैे
ढलिसकेको हुन्थ्यो
बारम्बार आउने
दक्षिणी आँधीहुरी र पराकम्पनले ।
मेरो धरहरा आज ढल्न त ढल्यो
तर आस्थाको बलियो जगमा
शिखर भएरै ढल्यो ।
झुक्नुभन्दा मर्नु बेश ठानेर
नयाँ पुस्तालाई युगौंदेखिको
सम्पदा सम्हाल्ने जिम्मेवारी सुम्पदैँ
ऊ शानले ढल्यो ।
नयाँ सोचका, नयाँ मान्छेहरु
आफूलाई सम्हालौं
नव जीवनको लय समातौं
स्वाभीमान, स्वाधीनताको धरोहर
अझै उँचो राख्न
हाम्रो धरहरा हामी आफै बनाऔंं
हाम्रो धरहरा
पौरखमा जन्मिनेछन्
गौरवले हुर्किनेछन्
स्वाभीमानले ठडिनेछन् ।
No comments:
Post a Comment