आजको बचत भोलिको लगानी, भोलिको लगानी भविष्यको जमानी - ramansansar.com

ramansansar.com

Connected to your community...

Breaking News

st

Tuesday, October 18, 2016

आजको बचत भोलिको लगानी, भोलिको लगानी भविष्यको जमानी

‘आजको बचत भोलिको लगानी र भोलिको लगानी भविष्यको जमानी’ भन्ने उक्ति आजभोलि चरितार्थ बन्दै गएको छ । नेपालमा ८० प्रतिशतभन्दा बढी जनता साधान र स्रोतको पहुँचभन्दा टाढा छन् । दिनभरी प्रचण्ड तापमा पाखुराको बल बेचेर खानुपर्ने निम्न वर्गका जनताको निम्न आयको बचत सुरक्षित गर्न सहकारीको जन्म भएको हो । तिनीहरुको न्यून आयलाई सही बाटोमा ल्याउने दायित्व सहकारी संघ संस्थाको हो । अंगे्रजीमा एउटा भनाइ छ क्बखष्लन ष्क ब ऋयmmष्तmभलत (बचत प्रतिबद्धता हो) । जमाना कति कमाउनेको होइन कति बचत गर्नेको हो । त्यसैले न्यून आयका व्यक्तिले बचत गर्नु झन् आवश्यकत छ ।
बचत गर्ने विभिन्न संघसंस्था हाम्रो माझमा व्याप्त छन् । विकास बैंक, वाणिज्य बैंक, फाइनान्स कम्पनी, सहकारी संघसंस्थाहरु आदि । यीमध्ये सहकारी संस्थामात्र एक यस्तो संगठन हो, जसमा न्यून आय भएका व्यक्तिहरुले सजिलै क्रृण सुविधा प्राप्त गर्न सक्दछन् । सहकारीको ‘एकको लागि सबै र सबैको लागि एक’ भन्ने मूल नाराबाटै यसलाई राम्ररी चिन्न, बुझन सकिन्छ । सहकारी सङ्गठनले ‘ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा’ भन्ने उखानमा विश्वास राख्दछ । यस हिसाबले सहकारी संस्थाको सफलता सम्पूर्ण सदस्यमा निहित हुन्छ न कि यो सञ्चालक समिति र लेखासुपरिवेक्षण समिति मात्रै ।
एकजना साधारण सदस्यले मात्रै आफ्नो दायित्वबाट पन्छिदिएमा त्यसको असर सिंगो सहकारीमा पर्दछ । त्यसकारण यो समूहमा आधारित भई साझा उद्देश्य प्राप्त गर्न एकापसमा सगोल भई कार्य गर्ने संस्था हो अर्थात् सहकारितालाई समाजका आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले उनीहरुको आर्थिक विकासका लागि एकापसमा संगठित भएर गरेको कार्यलाई जनाउँदछ । सहकारी समूहमा आबद्ध रहेकोले यो व्यक्तिवादी र अवसरवाद केन्द्रित हुनु आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै हुन्छ । बचत तथा सहकारी संघसंस्थ आर्थिक कारोबारमा लेनदेन गर्नमात्र नभई समाजको भलाइका लागि सामाजिक सेवा पु¥याउनु पनि हो । जुन सहकारी संगठन सामाजिक सेवा जस्तो पवित्र कामबाट पन्छिन खोज्दछ त्यो संगठन समाजबाट पनि अवहेलित हुन जान्दछ । तसर्थ, सामाजिक गतिविधिबाट संस्थालाई समाजमा चिनाउन सक्यौं भने सदस्य संख्या बृद्धिको निम्ति कुनै गा¥हो हुँदैन ।
आजभोलि विभिन्न ठूल्ठूला बैंक, फाइनान्स कम्पनी र अन्य कम्पनीहरुको ठाउँमा सहकारी संस्थाहरु समाजमा लोकप्रिय बन्नुको कारण नै सामाजिक सेवा हो । समाजमा बेरोजगार युवाको सङ्ख्या बढ्दो छ । यस्तो अवस्थामा सहकारी संगठनले सीपमूलक तालिमहरु प्रदान गर्ने सामूहिक भावनाको विकास गर्ने कार्यमा लाग्नुपर्ने देखिन्छ ।
पूँजीवादको विकास भइरहेको यो स्थितिमा व्यक्तिवादी चरित्र र पैसा नै सबथोक हो भन्ने अवधारणा आजकाल सहकारी संगठनमा पनि व्याप्त भइरहेको छ, जुन आफैमा सिद्धान्त विपरित र आफै समाजसेवा जस्तो पवित्र उद्देश्य लत्याइदिने खालको छ । सहकारी संस्थाको विकास विभिन्न देशमा गरिब किसान जनतालाई सामन्त र जग्गाधनीहरुबाट हुने स साना खेती सम्बन्धित क्रृण र ब्याजबाट मुक्ति दिलाउन सुरु भएको थियो । बेलायतमा पूँजीवादी क्रान्ति भएकै बेलामा पनि समाजवादी समूहहरुले शोषणविहिन समाज र सामूहिक सम्पति र सामूहिक ढुकुटीको निम्ति ठूलो संघर्ष गरेका थिए । सोभियत संघको सामूहिक रुपमा गरिने खेती पनि सहकारी संस्थाकै विकसित रुप हुन् । आज पनि उत्तर कोरियामा सहकारी संस्थाहरु सञ्चालित छन् ।
यसरी विभिन्न इतिहासका पानाले बताउँदछ कि सहकारी सिद्धान्त समाजवाद उन्मुख छ । त्यसकारण इतिहासबाट पाठ सिकेर सहकारिताको सदुपयोग गरौं । यो भावनाको उपयोगमा सहकारिताले ढिलाइ ग¥यो भने इतिहासले कसैलाई माफी दिने छैन । पैसा कुम्ल्याउन व्यक्तिगत स्वार्थ हेर्ने, असमानताको फोहरका डंगुरमा फुल्ने, फल्ने हो भन्ने सहकारी होइन कम्पनी खोल्नुपर्छ, जहाँ पूर्ण प्रतिस्पर्धाको आधारमा पैसाले पैसालाई तानेको हुन्छ । गरिब झन् झन् गरिब हुने धनी झन् झन् धनी हुने काम सहकारी सिद्धान्त विपरित परिणाम हो । समाजमा रहेका अशिक्षितलाई शिक्षित तुल्याउने, नेतृत्व विकासमा अवसर प्रदान गर्ने, विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन गरी अकालमा मृत्युबाट बचाउने, बेरोजगारहरुलाई सीपमूलक तालिम दिई रोजगारीको व्यवस्था गर्ने जस्ता कार्यक्रमहरु ल्याई समाजवाद उन्मुख हुनु सहकारिता हो ।
तर, कतिपय यस्ता सहकारी संस्थाहरु छन्, जुन ठूलाबडा भनाउँदाहरुको संरक्षणमा स्थापित भएका र जनताको रकमहरु लिएर भागेका छन् । त्यस्ता सहकारी संगठनहरु कुकुरको मासु बेच्ने दोकानको रुपमा सावित भएको छ । ठूलाबडा पूँजीवति  वर्गकै संरक्षणमा रहेका ती भगुवा, पचुवा सहकारी संस्थाका जिम्मेवार व्यक्तिहरुमाथि आवश्यक कारबाही गर्न किन ढिलाइ गर्ने ? सहकारीको साइनबोर्ड झुण्ड्याएर फाइनान्स कम्पनी बनाउने विदेशी कठपुतलीलाई नङ्ग्याउन किन ढिलाइ गर्ने ?
हुनेखाने वर्गले समाजमा बैंकमार्फत् आधिपत्य जमाइबसेका हुन्छन् । बैंक र फाइनान्स कम्पनीहरु पूँजीवादका पक्षपोषक हुन्, सञ्चालक समिति जस्तै हुन् । एक हिसाबले पूँजीवादी शासन व्यवस्थाका हातखुट्टा हो । यिनीहरुले न्यू ब्याजदरमा निक्षेप संकलन गरी अधिकतम ब्याजदरमा ऋण प्रवाह गरी गरिब जनताको शोषण गरिराखेका हुन्छन् । अर्कालाई पछारेर, हुत्यारेर आफूमात्र अघि बढ्ने होइन कि सँगसँगै समानताको आधारमा अघि बढ्नुपर्दछ भन्ने भावना सहकारिता हो ।
सहकारितामा इमान्दारिता, पारदर्शिता नितान्त खाँचो पर्दछ । गुणात्मक पक्षमा पनि सहकारितालाई ध्यान दिनुपर्दछ । जवाफदेहिता, पारदर्शिताले सहकारीलाई कमजोर होइन मजबुत बनाउँछ । सदस्य संख्या बृद्धिसँगै गुणात्मक पक्षमा पनि ध्यान दिई संस्थाले सदस्यलाई हरतरहले गुणात्मक सेवा प्रदान गरी आर्थिक जवाफदेहिता र पारदर्शिता अपनाई सदस्यको अधिकतम सेवा र सुविधाका लागि आफूलाई क्रियाशील बनाउनुपर्ने देखिन्छ । यसमा रहेका सञ्चालक समितिले अधिकतम नाफाभन्दा सेवालाई ध्यान दिनुपर्ने देखिन्छ । कतै कतै सहकारीको भावनाभन्दा सञ्चालक समितिले आफ्नो आर्थिक स्वार्थतिर लागेको देखिन्छ , जुन आफ्नैलागि घातकसिद्ध हुन्छ ।
अतः परनिर्भरता होइन, सदस्यहरुको आफ्नै जागरुकता तथा प्रजातान्त्रिक सहभागिताले व्यवस्थित गरी परिवर्तित समयसँगै सहकारी आन्दोलनलाई गुणात्मक रुपमा विकास गर्दै अघि बढ्नुपर्ने देखिन्छ । आजको प्रतिस्पर्धात्मक बजारमा सहकारीलाई पनि प्रतिस्पर्धा गराउन भिडाउने हिसाबले व्यावसायिकरणमा जोड दिन थालिएको छ । यो सैद्धान्तिक पलायनमात्र हुनेछ ।
सहकारी संगठन आर्थिक क्रान्तिको उपज भएकोले सहकारी संघ संस्थामा बृद्धि गर्नुपर्दछ र भइरहेको पनि देखिन्छ तर सरकारको सहकारीसम्बन्धी घर घरमा रोजगारी, गाउँ गाउँमा सहकारी भन्ने नारा देखाउने दाँतमात्र भएको छ नत्रभने सामजिक सेवा जस्तो पवित्र उद्देश्य बोकेको सहकारीमाथि ३० प्रतिशत आयकर किन ? त्यसैले यसलाई तत्काल खारेज गर्नुपर्दछ र सहकारीलाई प्रोत्साहन गर्नुपर्दछ । सहकारी आन्दोलनलाई दरिलो बनाउन सकेको खण्डमा मात्र समाजवादी आन्दोलनलाई अगाडि बढाउन सकिन्छ । पूँजीवाद जस्तो फोहरी व्यवस्था जनतो चिहान हो भने समाजवाद जनताको स्वर्ग हो यसर्थमा बैंक, फाइनान्स कम्पनीहरु पुँजीवादकै हाँगाबिगा भएको हुनाले यो जनताको चिहान हो भने सहकारी संगठन जनताको स्वर्ग हो ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here