नागरिक भावनायुक्त सदस्य तयार गर्नुपर्ने : अध्यक्ष विजुक्छे - ramansansar.com

logo-landing+%25281%2529

Connected to your community...

Breaking News

st

Sunday, October 7, 2018

नागरिक भावनायुक्त सदस्य तयार गर्नुपर्ने : अध्यक्ष विजुक्छे

43275559_1933709926667788_861832509892067328_n

Raman+Bohaju

Raman+bohaju+%25282%2529
20181006095244_IMG_2197
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले श्वेतभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज ब्रम्हायणी पीठमा ११ औं वार्षिक साधारण सभाको उद्घाटन गर्नु हुँदै बालबालिकाहरुमा नागरिक भावना जगाउने काम विद्यालयहरुले गर्ने र समुदायका अन्य सदस्यहरुलाई सहकारीले बेला बेला तालिमहरु दिने हो भने समाजमा अपराधिक घटना र दुव्र्यषनी कम हुने बताउनु भएको छ । अभिभावकले आफ्नो बालबालिकाको साथ र संगतलाई नियालि रहनुपर्नेमा जोड दिन्दै खराब संगतले बालबालिका लागुपदार्थ र मध्यपानमा डुब्ने भएकाले त्यस्तो लतमा डुब्नु भन्दा पहिल्यै सचेत पार्न सक्नुपर्ने र दुव्र्यषनीमा फसेका तथा अपराधिक घटना घटाउनेलाई माफि होइन अपराध अनुसार कार्वाही गर्न सकेमात्रै अपराधिक गतिविधिमा सुधार आउने विचार व्यक्त गर्नु भयो । मानिसमा नागरिक भावना जगाउन सके कोहि पनि कहि पनि आपतविपतबाट विचलित हुन नपर्नेमा जोड दिनु भयो । दुव्र्यषनी र अपराधिक गतिविधीलाई प्रसय दिएर चुनाव जित्नकै लागि युवाहरुलाई परिचालन गर्ने व्यक्तिहरुकै कारण समाजमा अपराधिक घटनाहरु घट्ने गरेकाले त्यस्ता व्यक्तिहरुले अपराध कबुल गर्नु पर्ने भन्दै पैसा खर्च गरेर चुनाव जित्नकै लागि लाग्ने र जित्नेहरुले जनभावना अनुसार काम गर्न नसकिरहेको उदाहरणहरु प्रस्तुत गर्नु भयो ।
पैसा कमाएपछि मानिसहरु घमण्डी र स्वार्थी हुने भएकाले सहकारी, बैंक र साहुहरुको व्यवहारलाई जनताले बुझेर सहकारी संस्थामार्फत समुदायको बानिव्यवहार, बोलिचालिलाई सुधार गर्ने अभियान सञ्चालन गर्न अवाश्यक भएको बताउनु भयो । बोलिचालि र शुद्ध भाषा बोल्न नजाँदा आम समुदायले धेरै दुःख र कानुनी झमेला समेत भोग्नु परिरहेको भन्दै अध्यक्ष विजुक्छेले किसान वर्गलाई व्यवहार परिवर्तन गराउन सहकारीले भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।
43315788_1933710000001114_6855300603699003392_n

नेमकिपालाई चुनावमा भोट दिने मतदाताले नेमकिपालाई किन भोट दिएको हो ? सो बारे अरुलाई बताउन सक्नुपर्ने, नेमकिपाले के गरी रहेको छ ? के गर्दै छ? केको लागि भोट दिएको हो ? सो बारेमा अरुलाई पनि बताउन सक्ने हुनुपर्नेमा अध्यक्ष विजुक्छेले जोड दिनु भयोे ।
अध्यक्ष विजुक्छेले सधै सहि र साँचो कुरा गरेर सरकारी पक्षको कमिकमजोरी औल्याइ दिने गरेकाले तत्कालिन सरकारले फाँसि दे भनेर नारा लगाएको स्मरण गर्दै झुठो कहिल्यै नबोल्ने, सधै सत्य बोल्ने, कसैसँग नझुक्ने अठोत जारी रहेको बताउनु भयो । जीवनमा जति सकिन्छ त्यति राम्रो काम गर्ने, कमसेकम गरे जति राम्रो कामले जीवनमा आत्मग्लानी नहुने तथा निन्द्रा लाग्ने र सन्तुस्ति मिल्ने विचार व्यक्त गर्नु भयो । जनस्तरबाटै जनचेतना अभिवृद्धि गर्न सके सरकार गुहार्न नपर्ने बताउनु हुँदै आवास क्षेत्रमा ठूलठूला सवारी साधन ल्याउन नपर्ने गरी हार्डवेयरका पसलहरु राजमार्ग छेउँछाउँमा राख्नुपर्नेमा जोड दिनु भयो । उहाँले सो अवसरमा श्वेतभतैरव साकोसले प्रदान गरेको बासुरी बाजा प्रशिक्षणका सहभागि प्रशिक्षार्थी, असर बचतकर्ता र ऋणीलाई समेत सम्मान र कदर पत्र एवं प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष रामप्रसाद खायमलीको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेश संसद सुरेन्द्रराज गोसाई वडाध्यक्ष महेन्द्र खायमलि, बागेश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छा, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति सदस्य श्री त्यात, भक्तपुर साकोसका लक्ष्मिप्रसाद कुसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
10547704_1545314245689770_2983745202434228717_n

No comments:

Post a Comment

Post Top Ad