भक्तपुर । श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४ औं वार्षिक साधारणसभाको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार एक समारोहका बीच गर्नुभयो । प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले प्रदेश सरकारले प्रदान गरेको कृषि अनुदान धनाढ्यलाई जानाजानी बाँढेको आरोप लगाउनु भयो । साथै, उहाँले वास्तविक किसानलाई अनुदान प्रदान गरेको भए देश विकास हुने धारणा राख्नुभयो ।
जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको निम्ति सहकारी संघ संस्थाले खेलेको अनुकरनीय भुमिकाको सदैव देश र जनताले स्मरण गर्ने बताउनुभयो । सहकारी संस्थामार्फत वाचनालय, पुस्तकालय, क्लब सञ्चालन गर्न जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
समाज विकास गर्न मानिस सर्वगुण सम्पन्न हुनुपर्ने भएकाले संस्थामा आबद्ध सदस्यहरुलाई विभिन्न सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गर्न सुझाव दिनुभयो । नगरवासीहरुलाई शैक्षिक ऋण तथा छात्रवृत्ति व्यवस्था सम्बन्धी प्रकाश पार्दै उहाँले अब भक्तपुरमा कोही पनि विद्यार्थी आर्थिक अभावका कारण पढाइँ छोड्न बाध्य नहुने बताउनुभयो ।
सोही समारोहमा स्थानीय वडाध्यक्ष महेन्द्र खायमलीले स्थानीय नयाँ पुस्ताका युवा–विद्यार्थीहरु विस्तारै दुव्र्यसनमा फस्दै जानु चिन्ताजनक छ भन्दै आपराधिक गतिविधि बढ्दै गएकोमा सतर्क रहन अनुरोध गर्नुभयो ।
त्यस्तै, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका काजीबहादुर पञ्चले हाल प्रदेश सरकारले बहुमुखी सहकारी संस्थालाई जथाभावी सञ्चालन गर्न अनुमती दिइरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष रामप्रसाद खायमलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार नातिभाइ ह्योम्बा, स्थानीय समाजसेवी कृष्णप्रसाद कोजु, जितेन्द्र खायमली, सत्यनारायण गाईजुलगायतले बोल्नुभयो । रमण
No comments:
Post a Comment